Logo

आज २२ सय संक्रमणमुक्त, ३ हजार नयाँ थपिए



काठमाडौं, ४ भदौ । पछिल्लो २४ घन्टामा आज नेपालमा ३ हजार ४२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ४४ हजार ३ सय ७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २ हजार २ सय ४४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ९३ हजार ५ सय ४३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार १७ हजार ६ सय ५४ जनाको कोरोना परीक्षणमा आज २ हजार ७९ जना पिसीआर र ९ सय ६३ जना एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्