Logo

चिनियाँ नागरिकले अब तीन सन्तान जँन्माउन पाउने, सबै खर्च सरकारले व्यहोर्ने



एजेन्सी, ४ भदौ । चिनियाँ नागरिकले अबदेखि तीन सन्तान जन्माउन पाउने भएको छ । आज (शुक्रबार) तीन सन्तान जन्माउन पाउने नीति चीनको संसदबाट पारित भएको हो । संशोधन गरिएको जनसंख्या तथा परिवार नियोजन कानुनलाई नेसनल पिपुल्स काँग्रेसको स्थायी कमिटिले पारित गरेको हो ।

बच्चा हुर्काउनका लागि भने चिनियाँ सरकारले अभिभावलाई आर्थिक सहायता दिने भएको छ । संसदबाट आज पारित भएको नीतिमा उक्त कुराको उल्लेख गरिएको छ । जसमा कर, शिक्षा, आवास र रोजगारीमा सहयोग गर्ने बताइएको छ ।

सरकारले घट्दो जन–संख्याका कारण आर्थिक तथा सामाजिक विकासक्रममा हुने चुनौतीको सामना गर्न सन्तुलित तथा दिर्घकालिन जनसंख्या वृद्धिका लागि कानुन संशोधन गरिएको जनाइएको छ । चिनियाँ कम्युनिष्ट पार्टीले तीन सन्तान जन्माउनका लागि तिन महिना पहिले नै अनुमति दिएको थियो । चिनियाँ संसदले आज यही अनुमतिलाई सर्वसम्मतले पारित गरेको हो ।

चीनीया सरकारले १९८० मा लागू गरेको एक सन्तान नीति करिब ३५ वर्ष पछि सन् २०१६ मा खारेज गरी दुई सन्तानको नीति अंगालेको थियो । चीनले आफ्नो जनसंख्या घटेको भन्दै तीन सन्तानको नीति लिने निर्णय गरेको हो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot