Logo

मन्त्री बन्न राजेन्द्र महतोको मरिहत्ते



काठमाडौं, ४ भदौ । जनता समाजवादी पार्टी फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतो मन्त्री बन्न मरिहत्ते गर्न थालेका छन् । उनी शेरबहादुर देउवा नेतृत्वको सरकारमा जान मरिहत्ते गर्न थालेका छन् ।

महतोले पार्टी सरकारमा जानुपर्ने अडान लिन थालेको बुझिएको छ । उनले मन्त्री बन्न विगतमा पनि मरिहत्ते गरेका थिए ।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा महन्थ ठाकुर सरकारमा गइहाल्ने पक्षमा थिएनन् । तर, महतोले मन्त्री बन्ने मरिहत्ते गरेका थिए । उनले मन्त्री बन्न मरिहत्ते गर्दा त्यतिबेला जसपाको महन्थ ठाकुर पक्ष सरकारमा गयो । जसका कारण जसपा फुटको वातावरण विकास भयो ।

महतोले मन्त्री पदका लागि पार्टीलाई दाउमा राखेको भन्दै अहिले बनेको लोसपामा समेत छलफल चल्न थालेको छ । महतोप्रति महन्थ ठाकुर समेत असन्तुष्ट भएको बुझिएको छ ।

यसपटक पनि महतो देउवा सरकारमा जाने चाँजोपाँजो मिलाउँदैछन् । तर, विवादास्पद अधिव्यक्ति दिएर अप्ठ्यारोमा पार्ने भएकाले महतोलाई देउवाले रुचाउँदैनन् । ठाकुर पक्ष सरकारमा सहभागी हुने सम्भावना कमजोर छ । भइहालेमा महतो यसपटक रोकिने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्