Logo

निर्वाचन आयोगले दल दर्ताको लागि सनाखत गर्न बोलायो माधव नेपाल र महन्थ ठाकुरका नेताहरुलाई



काठमाडौं, ४ भदौ । दल दर्ताको लागि निवेदन दिएका माधव कुमार नेपाल र महन्थ ठाकुरलाई निर्वाचन आयोगले सनाखतको लागि बोलाएको छ । आयोगले यही भदौ ९ गते दुवै दलका नेताहरुलाई सनाखतको लागि बोलाएको हो । नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) र ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ताको लागि आयोगमा निवेदन दिईएको छ ।

माधव नेपालको नेकपा एसले यसरी बनाउँदैछ कलम चिन्ह

आयोग स्रोतकाअनुसार आयोगले आजै नेपाल र ठाकुर दुवैलाई दल दर्ताको लागि केन्द्रीय समितिमा रहेका नेताहरुलाई नागरिकतासहित सनाखतका लागि उपस्थित हुन निर्देशन दिएको हो । सनाखत सम्पन्न भएपछि आयोगले प्रक्रिया पु¥याएर नयाँ दल दर्ताको प्रमाणपत्र दिनेछ । file photo



प्रतिक्रिया दिनुहोस्