काठमाडौं, ४ भदौ । नेकपा (एमाले) का एकता पक्षधर नेताहरुले पार्टी एकताको लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल दुवैलाई गम्भीर बन्न आग्रह गरेका छन् । लामो समयसम्म माधव नेपालको पक्षमा रहेका ९ जना नेताहरुले आज केन्द्रीय सदस्य तथा सांसदहरुसँग अन्तरक्रिया गरेपछि जारी गरेको संयुक्त विज्ञप्तीमाफर्त एकताको लागि अध्यक्ष भएको नाताले केपी शर्मा ओली बढि जिम्मेवार बन्नुपर्ने बताएका छन् ।
उनीहरुले एकताको लागि अध्यक्ष ओलीले माधव नेपालसहित १४ जना सांसदलाई गरेको कारबाही फिर्ता लिन पनि जोड दिएका छन् । त्यस्तै, उनीहरुले नयाँ दल दर्ताको लागि निवेदन दिएका माधव नेपालालई पनि उक्त प्रक्रिया रोक्न भनेका छन् । उनीहरुले एमालेलाई विभाजनबाट जोगाउने चूनौति आफूहरुसामू रहेको पनि उल्लेख गरेका छन् ।
लामो समयसम्म माधव नेपालको समूहमा रहेका नेताहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुषाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र रघुजी पन्त अहिले एकताको पक्षमा भन्दै छलफलमा सक्रिय भएका छन् । यो समूहले कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयनको लागि पनि दबाब दिएको छ ।
यस्तो छ उनीहरुले जारी गरेको विज्ञप्ती :