Logo

कांग्रेसको महाधिवेशन फेरि सर्ने निश्चित्



काठमाडौं, ५ भदौ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि सर्ने निश्चित् भएको छ । हालै केन्द्रीय कमिटी बैठकले सर्वसम्मतीबाट पार्टीको महाधिवेशन भदौ १८ गतेबाट सुरु गरेर मंसिर ९, १०, ११, १२ र १३ गते सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । तर, महाधिवेशन तोकिएको मितिमा नहुने निश्चित् भएको कुरा स्वयम कांग्रेसका प्रभावशाली नेताहरुले बताउने गरेका छन् ।

पछिल्लो समय क्रियाशिल सदस्यताको विवाद समाधानको लागि कृष्ण प्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समिति गठन गरिएको थियो । उक्त समितिले भदो २ गतेभित्रै क्रियाशिल सदस्यताको विवाद समाधान गर्ने भनिएको थियो । तर, आज ५ गते भैसक्दापनि विवाद समाधान सकेको छैन् । बरु, थप दुई दिन समय माग गरिएको छ ।

भदौ १८ गतेबाट वडा अधिवेशन सुरु गर्ने भनिएको भएपनि अहिलेसम्म त्यसको लागि आवश्यक तयारीसमेत भएको छैन् । कांग्रेसको महाधिवेशन अहिले तोकिएको नयाँ मितिमा पनि हुन नसक्ने आधार देखिनुको प्रमुख कारण भनेको नै क्रियाशिल विवाद समाधान अहिलेसम्म समाधान नहुनु नै हो । ८ लाखभन्दा बढि क्रियाशिल सदस्यताको टुँगो लगाएको कांग्रेसले अझै केही जिल्लामा विवाद समाधान गर्न सकेको छैन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले त सुरुदेखि नै महाधिवेशन सार्ने षड्यन्त्र गरिएको भन्दै विरोध गर्दै आएका छन् । पछिल्लो समय सार्वजनिक नयाँ मितिमा पनि महाधिवेशन सम्पन्न गर्न नसके कांग्रेस गम्भीर संवैधानिक संकटमा पर्ने विश्लेषकहरुको टिप्पणी छ । FILE PHOTO/ReportersNepal



प्रतिक्रिया दिनुहोस्