Logo

ग्रामीण विकास लघुवित्तको साधारण सभा सम्पन्न



काठमाडौं, ६ भदौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा कम्पनीको प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट सम्पन्न भएको सम्पन्न भएको हो ।

सभामा संस्थाले अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्विजिसन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ । त्यसैगरी, सभाबाट संस्थापक समुह अन्तर्गतका नेपाल सरकार र नेपाल राष्ट्र बैंक बाहेकका बैंक तथा वित्तीय संस्थाहरु, कम्पनी, संस्था र शेयर सदस्यहरुबाट प्रतिनिधित्व हुने गरी आपसी समझदारीबाट प्रतिनिधि संचालक शिवहरी दंगाल र प्रतिनिधि संचालक लेखनाथ भुसाल निर्वाचित भएका हुन् ।

त्यस्तै, सभामा सर्वसाधारण समुह ख को तर्फबाट शेयरधनीहरु मध्येबाट भरतराज कोइराला, प्रतिनिधि संचालक मनोज कुमार खड्का निर्वाचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot