Logo

रक्षा बन्धन मनाउने प्रचलन कहिलेदेखि सुरु भयो, यस्ता छन् पौराणिक मान्यता



६ भदौ । आज आइतवार श्रावण शुक्ल पूर्णिमा । रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व देशभर मनाइँदै छ ।

जनै पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

हिन्दु पात्रो अनुसार साउन महिनाको पुर्णिमालाई रक्षा बन्धनको दिन चाडको रुपमा मनाइन्छ । भविष्य पुराणको अनुसार सबैभन्दा पहिला इन्द्रकी पत्नी शचिले वृत्तसुर सँगको युद्धमा इन्द्रको रक्षाको लागि रक्षा सुत्र बाधिदिएकी थिइन् । देवीलक्ष्मीले राजा बलिले आफ्नो भाई बनाएर हातमा आफ्नो पतिको रक्षाको लागि बन्धन बाधिएकीथिइन् । र आफ्नो बन्धक पति श्रीहरि विष्णु नजिक लगेर गएकी थिइन् ।

स्कन्द, पद्य र श्रीमद्धागवत पुराणको अनुसार भगवान विष्णुले अदितिको गर्भबाट वामन अवतार लिए र ब्राह्मणको भेषमा असुरराज राजा बलीको द्धारमा भिक्षा माग्न पुगेका थिए । भगवानले राजालाई बलीको रसातालका राजा बनाएर अमरहुने बरदान दिएका थिए । उता माता लक्ष्मी चिन्चित भईन् लक्ष्मीले राजा बलीलाई राखीबनाएर आफ्नो भाई बनाइन् । सोही दिन श्रावण मासको पुर्णिमा तिथि थियो । त्यहीबाटरक्षा बन्धनको चाड सुरु भएको हो ।

द्रौपदीले भगवान कृष्णको हातबाट रगत बग्दा आफुले लगाएको साडीको टुक्रा च्यातेर हातमा बाधिदिएकी थिइन् । पछि कृष्णले उनको ब्याजसहित द्रौपदीको चीरहरणको समयमा साडी बढाइ दिएर ऋण तिरेको बताइन्छ ।

शास्त्र अनुसार, रक्षा बन्धन एक एक पवित्र र शक्तिशाली बन्धन हो यसले मनमा शान्ति र पवित्रता कायम राख्छ। यसबाट नराम्रो बिचारकसैको दिमाग र दिमागमा आउँदैन र ऊ गलत बाटोमा हिड्न सक्दैन् । धेरै अवस्थामा यसलेएक व्यक्तिलाई गलत कामहरु गर्न बाट बचाउँछ।रक्षाबंधनको पर्व महाभारतमा पनि उल्लेखगरिएको छ । जब युधिष्ठिरले भगवान कृष्णलाई सोधे म कसरी सबैको समस्याहरु लाईहटाउन सक्छु, कृष्णले राखीको पर्व मनाउनको लागी उनको र उनको सेनाको रक्षा गर्नकोलागी सल्लाह दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्