Logo

५ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्दा…



रुपन्देही, ६ भदौ । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुटवल उपमहानगरपालिका १२ हरियाली बस्ति बस्ने बर्दिया राजापुर नगरपालिका ६ टपरा घर भएका ३३ वर्षीय निर्मल चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot