Logo

कुमारी बैंकको तीन नयाँ शाखा सञ्चालनमा



काठमाडौं, ६ भदौ । कुमारी बैंक लिमिटेडले ३ नयाँ शाखा विस्तार गरेको छ । प्रदेश १ को सुनसरीस्थित आँपगाछी शाखा, प्रदेश २ को वीरगञ्जस्थित प्रतिमाचोक शाखा, र गण्डकी प्रदेश कास्कीस्थित काहुखोला शाखा गरी ३ वटा शाखा औपचारिक रुपमा विस्तार गरेको जनाएको छ ।

कोरोना भाइरसको महामारीले ल्याएको विषम परिस्थितिमा पनि बैंकले ग्रहकहरुको सेवालाई मध्यनजर गर्दै थप शाखाहरु बिस्तार गरेको जनाएको छ । यसका साथै कुमारी बैंक लिमिटेडको देशभरि नै १९६ वटा शाखा कार्यालयहरू विस्तार भइसकेका छन् ।

काठमाडौं उपत्यकामा ४६, उपत्यकाबाहिर १५०, तथा १३ वटा एक्स्टेन्सन काउन्टरहरूबाट बैंकले ग्राहकहरूसमक्ष सेवाहरू प्रदान गरिरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot