झापा, ६ भदौ । ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका ९ देवकोटा चोकबाट ५ ग्राम ५ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई शुक्रबार दिउँसो पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका ८ बस्ने २० वर्षीय गोपाल बिश्वकर्मा र बिर्तामोड नगरपालिका ८ स्थितमा डिडिआर फार्मेसी संचालन गरी बस्ने ईलाम माई नगरपालिका ६ घर भएका २० वर्षीय भिष्म वुढाथोकी रहेका छन् ।
बिषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको बताएको छ ।