Logo

अफगानिस्तानका महिला खेलाडीहरुको उद्धार गर्न फिफाको आग्रह



एजेन्सी, ६ भदौ । फिफाले अफगानिस्तानका महिला खेलाडीहरुको उद्धार गर्न विभिन्न देशका सरकारहरुसँग आग्रह गरेको छ । तालिवानले अफगानिस्तानको राजधानी काबुलमा कब्जा गरेपछि खेलाडीहरु ज्यानको सुरक्षालाई लिएर डराइरहेका छन् । अफगानिस्तान महिला फुटबल टोलीकी पूर्वकप्तान खालिदा पोपलले खेलाडीहरुको सुरक्षाको लागि केहिदिन अघिदेखि नै आग्रह गरेकी थिइन् । उनले भनेकी छिन्, ‘म राम्रोसँग निदाउन सकिरहेको छैन, रोइरहेको छु र एकदमै असहाय महशुस गरिररहेको छु ।’

खेलाडीहरुको संगठन फिप्रोले पनि खेलाडीहरुलाई सहयोग गर्न आग्रह गरिरहेको छ । युनियनले खेलाडीहरुको उद्धारका लागि काम गरिरहेको र धेरै मानिसहरुको सुरक्षामा ल्याउने जनाएको छ । फिफाले अफगानिस्ताको स्थिती अस्थिर र चिन्ताजनक रहेको बताउदै त्यहाँका महिला खेलाडीहरुको उद्धार गर्न आग्रह गरेको हो । फिफाका प्रवक्ताका अनुसार उनीहरुले अफगानिस्तान फुटबल संघ र अन्य सरोकारवालासँग छलफल गरिरहेको र खेलाडीहरुको बारेमा जानकारी लिइरहेका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot