Logo

अमेरिकी रिपोर्टले भन्यो–भारतीय प्रभाव कम गर्न पाकिस्तानको अफगानिस्तानमा काउन्टर



एजेन्सी, ६ भदौ । तालिवानले अफगानिस्तान कब्जा गरेलगत्तै अफगानिस्तानबाट अमेरिका पराजित भएको विश्लेषण भएको छ । परिणामस्वरुव चीन, रुस र पाकिस्तानको प्रभाव बढेको चर्चा छ ।

अफगानिस्तानमा भारतीय प्रभावलाई काउन्टर दिन पाकिस्तानले आफ्नो वर्चस्व बढाएको अमेरिकी गुप्तचर निकायद्वारा विश्लेषण गरिएको टाइम्स अफ इन्डियाले लेखेको छ ।गुप्तचरको भनाईलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ,‘पाकिस्तान निरन्तर अफगानिस्तानमा शान्ति कायम गर्न प्रयासरत छ । अहिले अफागनिस्तानमा स्थायित्व कायम गर्नका साथ तालिवानसँग निरन्तर सम्पर्कमा छ । अफगानिस्तानको सुरक्षा निम्ति पाकिस्तानले चासो देखाइरहेको छ । र, यसले भारतीय प्रभाव कम गर्न आफ्नो प्रभाव बढाउन प्रयास गरिरहेको छ ।’-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot