काठमाडौं, ६ भदौ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । आज बसेको स्थायी कमिटी बैठकले सरकारलाई छिट्टै पूर्णता दिने निर्णय गरेको छ। बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले यस्तो जानकारी दिएका हुन् ।
उनले भने,‘सरकारले छिट्टै पूर्णता पाउनेछ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता भएलगत्तै सरकारले पूर्णता पाउँछ ।’ उनले सरकारलाई पूर्णता दिन ढिलाई भएको भने स्विकारेका छन् । त्यस्तै आजको बैठकले कम्युनिष्ट पार्टीबीच एकता गर्नेबारे पनि निर्णय भएको उनले जनाए । file photo