Logo

मानुषी लघुवित्तको आईपीओ नतिजा अब हेर्न सकिने



काठमाडौ, ७ भदौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको साधारण सेयर (आईपीओ) को रिजल्ट अब हेर्न सकिने भएको छ । उक्त आईपीओको बाँडफाँड आज (सोमबार) निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा बिहान ८ः३० बजे सम्पन्न भएको थियो ।

आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । अन्तिम दिन सम्ममा २३ लाख ६१ हजार ८ सय २७ जना आवेदकले आवेदन दिएकोमा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ । गोलाप्रथाबाट वितरण गर्दा ३६ हजार ८ सय ५९ जनाले १० कित्ता सेयर पाएका छन् । जसमध्ये ३ जना आवेदकले ११ कित्ता सेयर पाएका छन् । बाँकी २३ लाख २४ हजार आवेदकको भने हात खाली भएको छ ।

संस्थाले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।-File Photo

रिजल्ट हेर्न यँहा क्लिक गर्नुहोस 

(https://iporesult.cdsc.com.np/) , (https://www.manushilbs.com/)(http://www.nsmbl.com.np/) 



प्रतिक्रिया दिनुहोस्