Logo

३ थान चितुवाको छाला सहित ३ जना पक्राउ



दाङ,७ भदौ । ३ थान चितुवाको छाला सहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लमही नगरपालिका ९ अमिलियाबाट ३ थान चितुवाको छाला सहित बैतडी पाटन नगरपालिका(६ बस्ने २० वर्षीय बिमल औजी लगायत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

कोहलपुर बाँकेबाट लमहीतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ७६३८ नम्बरको कारलाई जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय अमलियाबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त छाला फेला पारी कारमा सवार उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot