Logo

एमाले स्थायी कमिटी बैठक मङ्गलबार बस्ने



काठमाडौँ, ७ भदौ: नेकपा (एमाले) को स्थायी कमिटी बैठक मङ्गलबार बस्ने भएको छ । सो बैठकमा मध्यमार्गी पक्षमा रहेका नेताहरु पनि उपस्थित हुने जनाइएको छ ।

विगतमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा खुलेका भए पनि हाल एमालेमै रहेका उपाध्यक्ष डा. भीम रावललगायतका नेता र अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको छलफलमा स्थायी कमिटी बैठक गरी पार्टीलाई गतिशील बनाउने सहमति भएको हो ।

उहाँहरुबीच गत असार २७ मा भएको १० बुँदे सहमतिबमोजिम अघि बढ्ने समझदारी बनेको बताइएको छ । एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले मङ्गलबार ११ बजेका लागि च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बस्ने तय भएको जानकारी दिए ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्