Logo

माधव नेपालद्वारा सांसद र केन्द्रीय सदस्यको दुई रात चन्द्रागिरीमा व्यवस्थापन



काठमाडौं, ७ भदौ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सोमबार र मङ्गलबार दुई दिन दुई रात चन्द्रागिरी रिसोर्ट बुक गराएका छन् । उनले नेकपा एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादी दल दर्ताको निवेदनमा हस्ताक्षर गरेका केन्द्रीय सदस्य र सांसदहरुको व्यवस्थापनका लागि चन्द्रागिरी रिसोर्ट बुक गराएका हुन् ।

हस्ताक्षरकर्ता सांसद र केन्द्रीय सदस्य गरी एक सयजनाका लागि कोठा बुक गरिएको बुझिएको छ । त्यहाँ माधव नेपाल स्वयं पुगेका छन् ।

एमाले विभाजन गरेपछि नयाँ बनेको दल दर्ताको निवेदनमा हस्ताक्षरकर्ताहरुको बुधबार सनाखत हुनेछ । त्यसअघि नै नेपालले हस्ताक्षरकर्ताहरुलाई एमालेमा फर्कन नदिन व्यवस्थापनको रणनीति लिएको बुझिएको छ ।

भीम रावललगायत प्रभावशाली नेताहरु एमालेमै रहने निर्णयमा पुगेपछि माधव नेपालले सांसद र केन्द्रीय सदस्यको व्यवस्थापनको कदम चालेका हुन् । एमाले अध्यक्ष केपी शर्मा आली पक्षधर नेताहरुले हस्ताक्षरकर्ताहरुलाई फिर्ता लाने प्रयास गरिरहँदा चन्द्रागिरीमा व्यवस्थापन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्