Logo

कुलमानको नियुक्ती खारेजीको माग गर्दै परेको रिटको सुनुवाई प्रधानन्यायाधीश राणाको इजलासमा



काठमाडौं, ८ भदौ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजीको माग गर्दै निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले हालेको रिट प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासमा परेको छ ।

उक्त रिटमाथि आज सुनुवाई हुँदैछ । शाक्यले साउन ३२ गते घिसिङको नियुक्ती कानूनसम्मत् नभएको भन्दै आफूलाई पूनर्वहाली गर्न माग गर्दै रिट दायर गरेका थिए । सरकारले शाक्यलाई हटाएर घिसिङलाई नियुक्त गरेको थियो । file photo

 



प्रतिक्रिया दिनुहोस्