Logo

रु रु जलविद्युतको साधारण सभा असोज १६ गते



काठमाडौं, ८ भदौ । रु रु जलविद्युत परियोजनाको दुई आर्थिक वर्षको साधारण सभा एकैदिन असोज १६ गते हुने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय हात्तिसार काठमाडौंमा भर्चुअल माध्यमबाट गर्ने हुने भएको हो ।

कम्पनीको सभाले ०७६/७७ का लागि १० दशमलव ५३ प्रतिशत नगद लाभांश र आर्थिक वर्ष ०७७/७८ को लागि १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने जनाइएको छ । हाल कम्पानीको चुक्तापुँजी ४० करोड ७७ लाख ५ हजार ५ सय रुपैयाँ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्