Logo

‘व्यक्ति पुजा सामन्ती मञ्च हो, कम्युनिस्ट अनुशासन होइन’ : डा.संग्रौला



काठमाडौं, ८ भदौ । पुर्व महान्यायधिवक्ता तथा प्रा.डा.युवराज संग्रौलाले व्यक्ति पुजा सामन्ती मञ्च भएको भन्दै यो कुनै कम्युनिस्ट अनुशासन नभएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् । कम्युनिष्ट पार्टीमा आत्मा भनेको बिचारधारा भएको भन्दै व्यक्तिमा नजान नेता÷कार्यकर्तालाई आग्रह गरेका छन् । “व्यक्ति वा ब्रान्डले कम्युनिष्ट पार्टी चल्ने भए अहिले पनि पश्चिम बंगालमा भारतीय कम्युनिस्ट पार्टीले शासन गरीरहेको हुने र सोभियत युनियन पनि ज्युँदै हुन्थ्यो”–उनले भनेका छन् ।

उनी लेख्छन्,“कम्युनिस्ट पार्टीको आत्म भनेको बिचारधारा हो । कम्युनिस्ट भाष्यमा त्यो बिचारधारा भनेको मार्क्सवाद लेनिनवाद हो । नेपालमा राज्य संचालनको प्रक्रियामा सामेल भएका कम्युनिस्ट पार्टीहरुमा यो बिचारधाराको थोरै अंश पाउन पनि गाह्रो छ । अतः नेकपा एमाले, नेकपा माओवादी, प्रस्तावित नेकपा एस जुनसुकैको भविष्य दाउमा छ, कसैले फुर्कनुपर्दैन् । जब नागरिकहरु बिस्तारै सचेत हुन्छ्न, उनीहरुले पार्टीमा बिचारधारा खोज्दछ्न ब्यक्ति वा ब्रान्ड होइन । ब्रान्डले कम्युनिस्ट पार्टी चल्ने भए अहिले पनि प.बगालमा भारतीय कम्युनिस्ट पार्टीले शासन गरीरहेको हुन्थ्यो र सोभियत युनिएन ज्युंदै हुन्थ्यो।”

कम्युनिस्ट पार्टीको आत्म भनेको बिचारधारा हो। कम्युनिस्ट भाष्यमा त्यो बिचारधारा भनेको “मार्क्सवाद लेनिनवाद हो।” नेपालमा राज्य संचालनको प्रक्रियामा सामेल भएका कम्युनिस्ट पार्टीहरुमा यो बिचारधाराको थोरै अंश पाउन पनि गाह्रो छ। अत: नेकपा एमाले, नेकपा माओवादी, प्रस्तावित नेकपा एस जुनसुकैको भविस्य दाउमा छ, कसैले फुर्कनु पर्दैन। जब नागरिकहरु बिस्तारै सचेत हुन्छ्न, उनिहरुले पार्टीमा बिचारधारा खोज्दछ्न ब्यक्ति वा ब्रान्ड होइन। ब्रान्डले कम्युनिस्ट पार्टी चल्ने भए अहिले पनि प.बगालमा भारतीय कम्युनिस्ट पार्टीले शासन गरीरहेको हुन्थ्यो र सोभियत युनिएन ज्युंदै हुन्थ्यो।
१. तेसैले, यदि कोही के.पि, प्रचण्ड र माधव देखाएर पार्टी चलाउंछु, र चिन्ह बेचेर चुनाव जित्छु भन्ने ठान्छ भने त्यो पार्टीको गोठालो हो, कर्याकर्ता होइन। यी मध्य कुनै वा सबै रहन सक्छ्न र यथार्थ कम्युनिस्ट एकता हुन सक्छ यदि यिनिहरुमा सिद्धान्त र बिचारधारा मौलायो भने।
२. कम्युनिस्ट कार्यकर्ता लठैत होइन, चेतनशिल नागरिक हो जो समाजको सकारात्मक परिबर्तनका लागि सक्रिय हुन्छ। तेस्तो कार्यकर्ताले नेताको सुरक्षा र सम्मान गर्छ, नकि पुजा। ब्यक्ति पुजा सामन्ती मन्च हो कम्युनिस्ट अनुशासन होइन।
३. कम्युनिस्ट कार्यकर्ता आलोचित हुन र आलोचना गर्न डरांउदैन। तर उस्ले फोहोर र असभ्य भाषा वा कथ्य बोल्दैन। नेपालमा सांसद भएका सम्मका गालिगलौजका शब्द हेर्दा, उ कम्युनिस्ट पार्टीबाट फाइदा कमाउने ब्यापारी हो कम्युनिस्ट होइन भन्ने बुज्न सकिन्छ।
४. एकतावादीहरुले ब्रान्ड र नेताका कुरा नगरेर एमालेमा बिचारपतनलाइ सच्याउने माग राखेर लडेका भए उनिहरुलाइ हजारौंले माया गर्ने थिए। तर उनीहरुको अलाप नाम र चिन्हमा अल्झियो। यहीँ काहीं समस्या छ। एकता भयो भने पनि बिचार पलाउने अवस्था कम्जोर छ।
यदि कम्युनिस्ट बन्ने हो र समाजवाद ल्याउन चाहेकै हो भने बिचारको कुरा गर्नुहोस, तेसो नगर्ने हो भने त रबिन्द्र जिको पार्टीलाई मानिस चाहिएकै छ्न।



प्रतिक्रिया दिनुहोस्