Logo

भाजपा विदेश विभाग प्रमुख चौथाईवालाले पूर्वमन्त्री पुनसँग पनि गरे भेटवार्ता



काठमाडौं, ८ भदौ । नेपाल भ्रमणमा रहेका भारतीय सत्तारूढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालाले नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेका छन् ।

नेता पुनसँगको भेटवार्ताबारे सन्तोष पुनले लेखेका छन्,-“नेकपा माओवादी केन्द्र का नेता एवम् पूर्ब मन्त्री – वर्षमान पुन (अनन्त) संग भारतीय जनता पार्टी का नेता एवं विदेश विभाग प्रमुख डा. बिजय चौथाइवाले ज्यूले आज औपचारिक भेटघाट गर्नुभएको छ। भेटका क्रममा नेपाल-भारत सम्बन्ध र पार्टी पार्टीका बिचको सम्बन्धलाई अझ बलियो बनाउने बारे सकारात्मक र महत्वपूर्ण छलफल भएको छ।”



प्रतिक्रिया दिनुहोस्