Logo

एमाले बैठकमा पूर्वमाओवादी पनि, ओलीले १० बुँदे सहमति कार्यान्वयन नगर्ने



काठमाडौं, ८ भदौ । नेकपा एमाले स्थायी कमिटी बैठकमा पूर्वमाओवादी नेताहरु पनि सहभागी भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी सदस्य नियुक्त गरेका पूर्वमाओवादी नेताहरु पुगेसँगै १० बुँदे सहमति कार्यान्वयन नहुने निश्चित भएको छ ।

बैठकमा पूर्वमाओवादी नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणिचन्द्र थापा पनि पुगेका छन् । उनीहरु नेकपा विवाद हुँदा नै ओली पक्षमा लागेका थिए । पछि एमाले र माओवादी ब्युँतिएपछि एमालेमा लागेका थिए ।

ओलीले १० बुँदे सहमति गर्दा २ जेठ २०७५ को अवस्थाको संरचना अनुसार पार्टीलाई बढाउने भनेका थिए । जस अनुसार नवौं महाधिवेशनबाट निर्वाचित कमिटी र त्यसपछि २ जेठ २०७५ सम्म विभिन्न कमिटीहरुमा नियुक्तहरु मात्र रहनेछन् । तर, माओवादीबाट प्रवेश गरी विभिन्न कमिटीमा रहेकाहरुलाई स्थान दिन नहुनेमा माधव नेपाल खेमाका नेताहरु थिए ।

अहिले एमालेमै रहने निर्णयमा पुगेका भीम रावललगायतका नेताहरु पनि २ जेठ २०७५ को अवस्थामा एमालेलाई फर्काएर मात्र क कस्लाई स्थायी कमिटीमा लाने निर्णयमा पुग्नुपर्ने पक्षमा छन् । ओलीले भने पूर्वमाओवादी नेताहरुलाई समेत स्थायी कमिटी बैठकमा सहभागी गराएर १० बुँदे सहमति कार्यान्वयन नगर्ने सन्देश दिएका छन् । सहमतिका केही बुँदाहरु संशोधनसहित मात्र कार्यान्वयन गर्ने रणनीति लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot