Logo

सर्वोच्चले कुलमान नियुक्तीको मिसिल कागज मगायो



काठमाडौं, ८ भदौ । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिएन । तर, अदालतले घिसिङको नियुक्तीको मिसिल झिकाउन आदेश दिएको छ ।

आज (मंगलबार) प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गरिएको मिसिल कागज झिकाउन आदेश दिएको हो । कुलमानको नियुक्ती खारेजीको माग गर्दै निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य साउन ३२ गते सर्वोच्च अदालत गएका थिए । शाक्यले आफूलाई पूनर्वहालीको मागसमेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot