Logo

बामदेव गौतम एमाले बैठकमा किन गएनन्



काठमाडौं, ८ भदौ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले सार्वजनिक रुपमा माधवकुमार नेपाललाई साथ दिने भनेका छन् । तर, उनले एमाले छाडेको घोषणा गरिसकेका छैनन् । आधिकारिक रुपमा एमालेमै रहेका उनी आजको स्थायी कमिटी बैठकमा अनुपस्थित भए ।

गौतमले केही हप्ता पहिले बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएर निस्किएका थिए । उनले स्थायी कमिटी बैठक एमालेमा आफ्ना लागि अन्तिम बैठक भनेका थिए । त्यसपछि उनी बैठकमा पुगेका छैनन् ।

गौतमले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएपछि औपचारिक रुपमा एमाले छाड्ने बुझिएको छ । त्यसअघि उनी एमाले बैठकमा सहभागी नहुने र एकैपटक राजीनामा बुझाउने विश्वस्त स्रोतले बताएको छ ।

एमाले फुटाउन गौतमले भूमिका खेलेका थिए । उनले सार्वजनिक रुपमै आफ्नो भूमिका खुलाएका छन् । नेकपा एस मा गौतम सहअध्यक्ष वा वरिष्ठ नेता बन्ने बुझिएको छ । उनी निकटस्थहरु पनि महत्वपूर्ण मन्त्रालयसहित सरकारमा जाने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्