Logo

माधव नेपाल एमालेमा फर्किए कारबाही नहुने



काठमाडौं, ८ भदौ । नेकपा एमाले स्थायी कमिटी बैठकले विभाजनका क्रममा जानेहरु फर्किएमा कुनै कारबाही नगरिने निर्णय गरेको छ । आज बसेको बैठकले विभाजन गरी जानेहरुलाई फर्कन आग्रह गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले कारबाही नगरिने बताए ।

उनले भने, ‘विभाजन परित्याग गरी फर्कनेहरुलाई पूर्वाग्रह, भेदभाव नराखी कुनै किसिमको कारबाही समेत गरिने छैन ।’ ज्ञवालीले पार्टी विभाजनबाट फर्कन आग्रह समेत गरे ।

एमालेको आजको बैठकको निर्णयसँगै माधवकुमार नेपाल फर्किए पनि कारबाही हुनेछैन । यो निर्णयसँगै एमाले विभाजनको पक्षमा गएकाहरुलाई फर्काउन पहल भएको बुझिएको छ ।

यसैगरी, माधव नेपालले नयाँ ढंगले बढिसकेकाले नफर्कने स्पष्ट पारिसकेका छन् । उनले चन्द्रागिरीमा बोल्दै अब सशक्त ढंगबाट बढ्ने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot