Logo

झलनाथ खनालले भीम रावल, सुरेन्द्र पाण्डेलगायत साथ छाड्नेलाई अवसरवादी भने



काठमाडौं, ८ भदौ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले विभाजनमा साथ नदिने मध्यमार्गी धारका नेताहरुलाई अवसरवादी भनेका छन् । उनले अवसरवादमाथि समेत दरिलो हमला गर्नुपर्ने बताए ।

नयाँ दिल्लीस्थित एपोलो अस्पतालको शैयाबाट नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकलाई भर्चुअल सम्बोधन गर्दै खनालले भीम रावल, सुरेन्द्र पाण्डेलगायत नेताहरुको नाम नलिई मध्यपन्थको नाममा अवसरवादी बनेको आरोप लगाए । उनले विगतमा आफूहरुको समूहमा रहेर साथ छाडेकालाई लक्षित गर्दै भने, ‘मध्यपन्थ भनेको पनि अवसरवादको रुप हो । त्यसले अन्ततः दक्षिणपन्थलाई सघाउँछ ।’

मध्यपन्थको आयु लामो नहुने भन्दै आफूसँग त्यस्ता घटनाको लामो अनुभव भएको सुनाए । उनले नयाँ पार्टी गठनलाई अग्रगति रोकिएपछिको विद्रोह भने । उनले भने, नवनिर्माण र नयाँ पार्टी निर्माणका लागि विद्रोह हो । प्राविधिक कारणले विद्रोह रोकिदैन ।

खनाललाई नयाँ दिल्लीमै पुगेर सुरेन्द्र पाण्डे र भीम आचार्यले भेटेर पार्टी एकताको पक्षमा उभिन आग्रह गरेका थिए । तर, खनालले आफू विद्रोहको पक्षमा रहेको बताएका थिउ । पाण्डे र आचार्य एमालेमै रहेका छन् । दुवै नेताहरु लामो समय खनालको साथमा थिए ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्