एजेन्सी, ८ भदौ । अमेरिकी गुप्तचर संस्था सिआइएका निर्देशक विलियम बर्नसले तालिवान नेता अब्दुल गनी बारादारसँग भेटवार्ता गरेका छन् । सोमबार भेट भएको समाचार एजेन्सी एपीले जनाएको छ ।
अमेरिकी अधिकारीको नाम उल्लेख नगरी एपीले खबर सार्वजनिक गरेको हो । अमेरिकी सैनिकले काबुल विमानस्थलबाट विदेशी नागरिक र अफगानिस्तान छाड्न चाहनेलाई लगिरहँदा भेट भएको हो । ३१ अगष्टसम्म यो प्रक्रिया सकिसक्ने समयसीमा तोकिएपनि अमेरिकी सैनिक केही समय अझ थप्न चाहिरहेको छ । तर, तालिवानले त्यसलाई अस्वीकार गर्दै आएको छ । यसबीच सीआइएका निर्देशकको तालिवानी नेतासँग भेटवार्ता भएको हो ।
तालिवानी नेता बारदार केही दिन अघिमात्र अफगानिस्तान फर्किएका हुन् । उनी निर्वासित थिए ।