Logo

भीम रावलहरु बैठकमा सहभागी भएपछि एमाले नेताहरुको ग्रुप फोटो सेसन



काठमाडौं, ८ भदौ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बसेको छ । ललितपुरस्थित् तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको बैठकपछि नेताहरुले सामूहिक तस्विर खिचेका थिए ।

२०७७ पुष ५ गतेदेखि केपी शर्मा ओलीले बोलाएको कुनैपनि बैठकमा सहभागी नभएका भीम रावलसहितका नेताहरु आज पहिलोपटक स्थायी कमिटीको बैठकमा सहभागी भएकोले पनि होला नेताहरुले आज सामूहिक तस्विर खिचाएका थिए । एक नेताका अनुसार एकताबद्ध एमालेको सन्देश दिनको लागि आज सामूहिक तस्विर खिचाईएको हो ।

लामो समयसम्म माधव नेपाललाई साथ दिएका एमालेका दोस्रो पुस्ताका नेताहरु आजको स्थायी कमिटी बैठकमा सहभागी भएका थिए । उता, माधव नेपालले भने पार्टी विभाजन गरेर नयाँ दल दर्ता गराएका छन् । निर्वाचन आयोगले दल दर्ताको लागि माधव नेपालसहित नेताहरुलाई भोलि विहान ११ बजेपछि आयोगको कार्यालयमा सनाखतको लागि बोलाएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot