Logo

स्वावलम्बन लघुवित्तको ११ सय कित्ता शेयर विक्रीमा



काठमाडौं, ९ भदौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर आजदेखि विक्रीमा ल्याएको छ । कम्पनीले सदस्य गोरी श्रेष्ठको नाममा रहेको प्रतिकित्ता ७ सय १ मुल्य तोकेर १ हजार १ सय ९० कित्ता शेयर विक्री खुला गरेको हो ।

कम्पनीले आजको ३५ दिन भित्रमा संस्थापक शेयरधनीहरुले शेयर खरिद गर्न चाहेमा तोकिएको अवधिभित्र कम्पनीको केन्द्रिय कार्यालय, कमलपोखरी, सम्पर्क गर्न आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot