काठमाडौं, ९ भदौ । प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु पनि दल दर्ताको सनाखतको लागि निर्वाचन आयोग पुगेका छन् । अहिले राजेन्द्र महतोलगायतका नेताहरु आयोग परिसर पुगिसकेका छन् । महतोले पत्रकारहरुसँग कुरा गर्दै आज आयोगमा ३१ जना केन्द्रीय सदस्यहरु र १५ जना सांसद उपस्थित् हुने जानकारी दिए ।
उनले साविकको जसपाबाट १७ जना कार्यकारिणी समिति सदस्यहरु रहेको पनि जनाए । आज सनाखतको लागि सांसदको रुपमा रेशम चौधरी नआउने तर कार्यकारिणी समिति सदस्यको रुपमा भने उनको हस्ताक्षर सनाखत गरिने महतोले जानकारी दिए ।