Logo

ओलीको दायाँ रावल बायाँ ज्ञवाली



काठमाडौं, ९ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलनको आयोजना गरेका छन् । एमाले फुटेपछि आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दायाँ उपाध्यक्ष भीम रावल र बायाँ अर्का उपाध्यक्ष युवराज ज्ञवालीलाई राखेका थिए । दुवै नेता विगतमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निकट थिए ।

पत्रकार सम्मेलनको अघिल्लो हारमा ओलीसँगै रावल र ज्ञवाली देखिएका थिए । ज्ञवालीको दायाँतर्फ अष्टलक्ष्मी शाक्य र भीम रावलको बायाँतर्फ महासचिव ईश्वर पोखरेल देखिएका थिए ।

उपमहासचिव विष्णु पौडेल, प्रवक्ता प्रदीप ज्ञवाली, सचिवहरु योगेश भट्टराई, गोकर्ण बिष्ट, पृथ्वीसुब्बा गुरुङ्ग, स्थायी कमिटी सदस्यहरु अमृतकुमार बोहरालगायत सहभागी थिए ।-तस्बिरः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot