Logo

वैशाखमा पानी ल्याएर देखाउन ओलीको देउवालाई चुनौती



काठमाडौं, ९ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई वैशाखसम्म मेलम्चीको पानी ल्याएर देखाउन चुनौती दिएका छन् । आज पत्रकार सम्मेलनमार्फत् उनले देउवालाई यस्तो चुनौती दिएका हुन् ।

‘गफले पानी आउँदैन, काम गर्नुपर्छ,’ पूर्वप्रधानमन्त्री ओलीले भने, ‘यो सरकारले वैशाखमा पनि पानी ल्याउन सक्दैन ।’ मेलम्ची खानेपानीबाट देउवा सरकारले समयमै पानी ल्याउन नसक्ने उनको ठोकुवा थियो । आफूले कुरा नभई काम गरेको ओलीको दाबी थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot