काठमाडौं, ९ भदौ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कुनै तनाव नभएको र मज्जाले निद्रा लाग्ने गरेको बताएका छन् । आज तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमा ‘तपाईँलाई कत्तिको निद्रा लाग्छ ?’ भनेर सोधिएको एक प्रश्नमा उनले यस्तो बताएका हुन् ।
उनले पार्टी फुटाउनेहरु भन्दै माधव नेपालको नाम नलिई रिसोर्ट रिसोर्ट पुगेर घुरेर सुतेको अनि आफू चाहीँ नसुती बस्ने भन्ने हुन्छ त ? भन्दै उल्टै प्रश्न गरेका थिए । उनले भने,‘जो पार्टी फुटाउँदैछ, उ रिसोर्टमा घेरेर सुत्ने अनि म चाहीँ नसुति बस्ने हुन्छ । निदाएन भने त मान्छे बौलाईहाल्छ नि ।’ उनले रिसोर्ट रिसोर्ट लागेर सांसदहरुलाई अपहरणको शैलीमा राखिएको भन्दै कडा विरोध गरे ।
तस्विर ः मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम