काठमाडौं, ९ भदौ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा झलनाथ खनालले सनाखत गरेका छन् । नयाँ दिल्लीमा उपचार गराईरहेका नेता खनालले दूतावासमार्फत सनाखत गरेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।
आयोगले दल दर्ताको लागि सनाखतको लागि माधव नेपालसहित नेताहरुलाई आज बोलाएको थियो । अरु, नेताहरु सशरिर उपस्थित् भएर सनाखत गरेपनि नेता खनालले भने दूतावासमार्फत सनाखत गरेका हुन् । file photo