काठमाडौं, ९ भदौ । नेप्सेमा आज भारी अंकले गिरावट आएपनि केही कम्पनीको भने कारोबार उच्च भएको छ । सबैभन्दा धेरै आज अरुण काबेली कम्पनीको ४८ करोड ७१ लाख बढीको कारोबार भएको छ ।
रिडी हाइड्रोपावर कम्पनीको ४८ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ । नेप्सेको अनुसार नेशनल हाइड्रोपावर कम्पनीको ३६ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइसीइफसी फाइनान्स कम्पनीको ३५ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज १२ अर्ब ९२ करोड १० लाख ३ हजार ५ सय ४ रुपैयाँ बराबरको १ करोड ९५ लाख ९९ हजार ८९ प्रतिकित्ता किनबेच भएको छ ।