Logo

सनराइज बैंकको ५० हजार कित्ता संस्थापक शेयरको मुल्य परिवर्तन



काठमाडौं, १० भदौ । सनराइज बैंकले गत साउन २२ गतेदेखि विक्री खुला गरेको ५० हजार कित्ता संस्थापक शेयरको मुल्य परिवर्तन गरेको छ । बैंकले संस्थापक शेयरधनी ज्योतिकुमार बेगानीको नाममा रहेको शेयर प्रतिकित्ता १६५ रुपैयाँबाट बढाएर १८५ रुपैयाँ पुर्याएको हो ।

बैंकको अनुसार शेयरधनी बेगानीले शेयरको मुल्य संशोधन गरी प्रतिकित्ता १८५ रुपैयाँ गर्न लिखित निवेदन दिएसँगै बैंकले साउन २२ गतेको ३५ दिने सुचना रद्द गरी भदौ १० गते पुनः ३५ दिने सुचना जारी गरेको हो ।

बैंकले परिवर्तित मूल्यमा आगामी ३५ दिनभित्र संस्थापक शेयरधनीहरुले बैंकको प्रधान कार्यालयको रजिष्ट्री विभागमा शिलबन्दी पेश गर्न समेत आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्