Logo

मुख्यमन्त्री राईले दिए राजीनामा



काठमाडौं, १० भदौ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएका छन् । राईले आज प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष राजीनामा बुझाएका हुन् ।

यसअघि प्रदेश नम्बर १ को एमाले संसदीय दलमा चयन भएका भीम आचार्य मुख्यमन्त्री बन्ने भएका छन् । एमालेभित्रको एकता अभियानमा जोडिएका आचार्यलाई अध्यक्ष केपी शर्मा ओलीकै चाहनाबमोजिम राईले मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot