Logo

भीम आचार्य मुख्यमन्त्रीमा नियुक्त



विराटनगर, १० भदौ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएलगत्तै एमलेका नेता भीम आचार्यले शपथ लिएका छन् । उनले आज शपथ लिएका हुन् ।

उनले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीमा शपथ खुवाएका हुन् । त्यसअघि बसेको एमाले संसदीय दलको बैठकमा राईकै प्रस्तावमा आचार्यलाई संसदीय दलको नेता बनाइएको थियो । विगतमा माधवकुमार नेपालको पक्षधर आचार्य एमालेमै रहने निर्णयमा पुगेका छन् । उनको यो निर्णयपछि मुख्यमन्त्री दिइएको बुझिएको छ । सो अवसरमा निवर्तमान मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी, उपसभामुख सरस्वती पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलगायत प्रदेश सरकारका उच्च पदस्थ कर्मचारीको उपस्थिति रहेको थियो । यसअघि आचार्य आजै नेकपा (एमाले) संसदीय दलको नेतामा चयन हुनुभएको थियो ।

 

‘भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री बन्दै’



प्रतिक्रिया दिनुहोस्

Screenshot