Logo

जनवादी गायक टुहुरेको निधनले प्रधानमन्त्री देउवा स्तब्ध



काठमाडौं, १० भदौ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनवादी गायक जेबी टुहुरेको निधनले आफू स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री देउवाले स्वर्गीय टुहुरेको आत्माको चीर शान्तिको कामना गरेका छन् । उनले लेखेका छन्–‘कलाकार जुठबहादुर खड्की ९जेबी टुहुरे०को निधनको खवरले निकै स्तव्ध भएको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’

जनगायक टुहुरेकोआज उपचारको क्रममा बयोद्या अस्पतालमा निधन भएको हो । टुहुरे मंगलबार घरमा एक्कासि लडेपछि उपचारका लागि बयोधा अस्पताल लगिएको थियो । मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोग रहेका टुहुरे माओवादी केन्द्र निकट जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष हुन् ।

उनको ७८ बर्षको उमेरमा आज निधन भएको हो । उनी संविधान सभा सदस्य पनि हुन् । जनताको गीत गाउने गायकका रुपमा नेपाली समाजमा स्थापित टुहुरेले निरंकुशताबिरुद्ध जनता जगाउन सांगितिक एवम् राजनीतिक क्षेत्रमा अतुलनीय योगदान गरेका छन् । उनको आजै पशुपतिमा अन्त्येष्टि गरिने भएको छ । त्यसअघि नेकपा (माओवादी केन्द्र) को पार्टी मुख्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीको लागि पार्थिक शरिर राखिने भएको छ । file photo



प्रतिक्रिया दिनुहोस्