पोखरा, १० भदौ । भारतका नागरिकले लगानी गरेको पोखराको मणिपाल शिक्षण अस्पताल बतास र अटोवेज समुहले खरिद गरेको छ । भारतीय लगानीकर्ता र नेपाल सरकारबिच ४९ वर्षपछि अस्पताल सरकारलाई फिर्ता गर्ने सम्झौता भएपनि मिति भन्दा अगाडी नै बिक्रि गरिएको हो ।
पोखराका व्यवसायी आनन्दराज बतासको बतास अर्गनाइजेसन र नारायण पौडेलको अटोवेज प्रा.लि.ले अस्पताल खरिद गरेका हुन् । ३ अर्ब ५० लाख रुपैयाँमा मणिपाल शिक्षण अस्पताल दुई व्यवसायीहरुले किनेको बुझिएको छ । ४० रोपनी क्षेत्रफलमा फैलिएको उक्त अस्पतालमा
६० प्रतिशत बतास समुह र ४० प्रतिशत अटोवेज समुहको लगानी रहेको छ ।
कलेजले आफ्नो बाहेक १ सय रोपनी पनि लिजमा लिएको छ । कलेजमा भारतदेखि विद्यार्थीहरु एमबीबीएस अध्ययनको लागि आउने गरेका छन् ।