Logo

एनआईसी एशिया बैकको संथापक शेयर आजदेखि बिक्रिमा



काठमाडौं, ११ भदौ । एनआईसी एशिया बैकले आजदेखि संस्थापक शेयर बिक्रि गर्ने भएको छ । बैकले शेयरधनी उषा गोल्छाको नाममा रहेको शेयरबाट १ हजार ८ सय कित्ता संस्थापक शेयर बिक्रि गर्न लागेको हो ।

उक्त शेयर खरिद गर्न बिद्यमान शेयरधनीहरुले आगामी ३५ दिन भित्र आवेदन दिन सक्ने जनाइएको छ । बैंकले तोकिएको समयभित्र बैंकको रजिष्ट्रर्ड कार्यालय, ट्रेड टावर थापाथली, काठमाडौंमा निवेदन दिन आग्रह गरेको छ ।

बैंकले तोकिएको समयभित्र संस्थापक धनीहरुबाट आवेदन नपरेमा प्रचलित नियम बमोजिम अन्य व्यक्ति तथा संस्थाहरुमा शेयर बिक्रि गरिने समेत चेतावनी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot