काठमाडौं, ११ भदौ । साहस उर्जा लिमिटेडले साउन २९ गतेदेखि सोलुखुम्बु जिल्लाका आयोजना प्रभावित स्थानियका लागि बिक्रिमा ल्याएको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । साउन २९ गतेदेखि शुक्रवार (आज) देखि कम्पनीले प्रतिशेयर १ सय अंकित मुल्यमा ३५ लाख कित्ता आईपीओ विक्रीमा ल्याएको हो ।
आईपीओ खरिदका लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताका लागि छिटोमा भदौ ११ गतेसम्म र ढिलोमा भदौ २७ गतेसम्म खरिद गर्न सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।