Logo

पार्किङ गरी राखेको मोटरसाइकलमा आगजनी, युवक पक्राउ



गोरखा, ११ भदौ । मोटरसाइकलमा आगजनी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । गोरखा नगरपालिका ५ पश्चिमकालीस्थित मन्दिर परिसरमा पार्किङ गरी राखेको सोही नगरपालिका ७ मान्द्रेढुङ्गा बस्ने गणेश पाण्डेको लु.२६ प ८७९८ नम्बरको मोटरसाइकलमा आगजनी गरेको अभियोगमा सोही नगरपालिका ९ ठिमुरेश्वाँरा बस्ने १९ वर्षीय अमृत कुवँरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।

अमृतले उक्त मोटरसाइकलमा आगजनी गर्दा मोटरसाइकल पूर्णरुपमा क्षति भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot