Logo

भरुवा बन्दुक सहित पक्राउ



कैलाली, ११ भदौ । १ थान भरुवा बन्दुक सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । मोहन्याल गाउँपालिका ६ नारासोती बस्ने ५० वर्षीय गंगाराम जैशीलाई १ थान एक नाले भरुवा बन्दुक सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

गंगाराम सेतीखोर गाउँको जंगलमा भरुवा बन्दुक सहित हिँडिरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुगरखालबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot