Logo

ललितपुरमा बाढीले बगाउँदा एक महिलाको मृत्य, बालिका बेपत्ता



काठमाडौं, भदौ १२ । दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–६ आश्राङ र नं ७ गिम्दीको सङ्गमस्थल शुभाने खोलामा एक महिलाको ज्यान जानाका साथै एक बालिकासमेत बेपत्ता भएकी छिन् ।

विगत तीन दिनदेखि आएको अविरल वर्षासँगै शुक्रबार बाढीले बगाउँदा स्थानीय ४० वर्षीया सञ्जु सिङतानको ज्यान गएको हो । शुक्रबार दिउँसो ४ः३० बजेतिर खोला तर्ने क्रममा आएको बाढीले बगाउँदा अन्दाजी आठ वर्षीया बालिका बेपत्ता छिन्। वेपत्ता बालिकाको भने अझै परिचय खुल्न सकेको छैन्



प्रतिक्रिया दिनुहोस्

Screenshot