Logo

नेपाली क्रिकेट र फुटबल टिमका प्रशिक्षकद्धारा राजीनामाबारे गायक खरेलको यस्तो टिप्पणी



काठमाडौं, १२ भदौ । नेपालका चर्चित गायक प्रमोद खरेलले खेल क्षेत्रमा निकै रुची राख्छन् । उनले विशेषगरि नेपालमा भएका क्रिकेट खेल हेर्न रंगशालामै पुग्ने गर्छन् । फुटबलमा पनि उनले उत्तीकै रुची राख्छन् । खेल क्षेत्रमा भएका घटनाहरुमा पनि सामाजिक सञ्जालबाट उनले आफ्नो तर्क राख्ने गरेका छन् ।

केही दिनअघि राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाल छाड्ने संकेत गरेका थिए । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा आफु बाहिरिएको र राजनीतिले काम गरेको भन्दै लेखेका थिए ।

त्यसको केही दिनपछि शुक्रबार नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेव ह्वाटमोरले अकस्मात पदबाट राजीनामा दिए । यस घटनाले नेपालको खेलकुद क्षेत्र तंरगित भएको छ । ओमान भ्रमणमा रहेको समयमा उनले दिएको राजीनामाले सबैलाई चकित पारेको छ ।

यस विषयमा पनि प्रमोदले चाँसो राखेका छन् । सामाजिक सञ्जाल ट्विटरमा उनले यस्तो लेखेका छन्,‘क्रिकेट प्रशिक्षकको राजिनामा, फुटबल प्रशिक्षकको अघोषित राजीनामा म र म जस्ता कैँयौं खेलप्रेमीले गर्ने सवाल धेरै छन्, सायद जवाफ अनुत्तरित छन वा जवाफहरु विश्वसनीय नहोलान् नेपाली खेलकदको सधैं जय होस।’ –File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot