Logo

प्रहरी प्रतिवेदन प्रमाणपत्रको प्रमाणीकरण भोलिदेखि अनलाईनमार्फत



काठमाडौं, १२ भदौ । कन्सुलर सेवा विभागले विदेश जान आवश्यक पर्ने प्रहरी प्रतिवेदन प्रमाणपत्रको प्रमाणीकरण अब अनलाईनमार्फत गर्ने भएको छ । यसअघि प्रहरी प्रतिवेदन प्रमाणपत्रको प्रमाणीकरणको लागि घण्टौं लाईन लाग्नुपर्ने थियो । भदौ १३ गते आइतबारदेखि लागू हुने गरी विभागले प्रहरी प्रतिवेदनको प्रमाणीकरण विद्युतीय माध्यमबाट मात्र गरिने व्यवस्था मिलाएको हो ।

सेवाग्राहीलाई सहज एवं सरलरूपमा सेवा प्रवाह गर्न विभागले ‘अनलाइन’ प्रणाली सुरु गरेको विभागका का.मु.  महानिर्देशक धनबहादुर ओलीले बताए । अनलाइनमार्फत बतत.लभउबअियलकगबिच.नयख.लउ वा विभागको वेबसाइट https://nepalconsular.gov.np/np/ मा गएर अनलाइन आवेदन गर्न सकिने बताउँदै उनले भरिएको आवेदन स्वीकृत भएपछि तत्काल सेवाग्राहीले आवेदनमा भरेको मोबाइलमा सन्देश प्रवाह हुने र प्राप्त सन्देशका आधारमा सेवाग्राहीले राजश्व रकम पनि अनलाइनबाटै बुझाउन सक्ने प्रबन्ध गरिएको जानकारी दिए ।

कनेक्ट आइपिएसबाट सोझै विद्युतीय भुक्तानी वा देशभरका ग्लोबल आइएमई बैंकका शाखामार्फत भौतिकरूपमा पनि राजश्व दाखिला गर्न सकिने महानिर्देशक ओलीले बताए । “काठमाडौँबाहेक देशका कुनै पनि स्थानमा कन्सुलर सेवा विभागबाट प्रवाह हुने सेवाको व्यवस्था हालसम्म नभएकाले ताप्लेजुङदेखि दार्चुलासम्मका सेवाग्राहीलाई पहिलो चरणमा ‘पुलिस क्लियरेन्स सर्टिफिकेट’ प्रमाणीकरणको व्यवस्था अनलाइनबाट गरिएको छ ।

उनले भने,‘विभागका अन्य सेवालाई पनि क्रमशः विद्युतीय प्रणाालीमा लैजाने परराष्ट्र मन्त्रालयको नीति छ ।’ प्रक्रिया पूरा गरिएका आवेदकले एक कार्यदिन समाप्त भएपछि अर्को दिन प्रमाणित कागतपत्र पाउने छन् । अनलाइन प्रणालीले फर्जी कागतपत्र बन्ने जोखिम पनि पूर्णरूप हट्ने विश्वास लिईएको छ ।



प्रतिक्रिया दिनुहोस्