Logo

माधव नेपालले भने : केपी ओलीजी तपाईले सरकारमा बसेर देशलाई बर्बाद पार्नुभएको थियो



काठमाडौं, १२ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले केपी ओलीले सरकारमा बसेर देशलाई बर्बादमा पारेको आरोप लगाएका छन् । आज (शनिबार) पेशागत महासंघ बाग्मती प्रदेशको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले ओलीले भजनमण्डली, साईबर स्यालहरुलाई मात्रै काखी च्यापेको तर अरुलाई अपमान गरेको पनि स्मरण गराए । उनले आफूहरुले देशको स्वाधिनतालाई रक्षा गर्नको लागि क्रान्तिकारी धारलाई अघि बढाएको र आज नयाँ पार्टी जन्मिएको पनि स्पष्ट पारे ।

उनले भने,‘भदौ ९ गते नै हामीले नयाँ पार्टीको प्रमाणपत्र प्राप्त गर्यौं । यो पार्टी केपी ओलीको पार्टीभन्दा भिन्न हुनेछ । यो क्रान्तिकारीको धारमा जानेछ । कमिटी प्रणालीलाई आत्मसात् गर्नेछ । कार्यकर्ताहरुको उचित मूल्यांकन गर्नेछ । जनताको समस्यासँग जोडिनेछ । युवा पुस्तालाई समेटेर उनीहरुको समस्या सम्बोधन गरेर जानेछ ।’

file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot