Logo

काँग्रेसमा कुरा मिल्यो, जिल्ला सभापतिहरुले अनसन तोडे



काठमाडौं, १२ भदौ । नेपाली काँग्रेसमा क्रियाशील सदस्यता विवादबीच संस्थापन पक्ष र इतर समूहबीच कुरा मिलेपछि जिल्ला सभापतिहरुले अनसन तोडेका छन् । सानेपास्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखकले अनसन तोडाएका हुन् ।

सभापति शेरबहादुर देउवाले जिल्ला सभापतिहरुको माग सम्बोधन गर्ने भनेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आज विहानै बैठक बसी महाधिवेशनमा केन्द्रित हुने निर्णय गरेको थियो । जिल्ला सभापतिहरुलाई पनि अनसन तोड्न आग्रह गर्ने भनिएको थियो । त्यसबमोजिम उनीहरु अनसन तोड्न तयार भएका हुन् ।

क्रियाशील सदस्यहरुको नाम छुटेको भए पुनः नामावली समावेश गर्ने प्रतिवद्धता संस्थापन पक्षले गरेको थियो । योसँगै बुधबार देखि रिले अनसनमा बसेका सभापतिहरु महाधिवेशनमा केन्द्रित हुने भएका छन् ।

काँग्रेसले १८ भदौमा गाउँपालिका र नगरपालिकाको वडा तहको अधिवेशन गर्ने तय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्